७ असार, काठमाडौं । नेपाली काँग्रेसको १४ औं माहाधिवेशन भदौ १६ देखी १९ गतेसम्म काठमाडौंमा हुनेभएको छ ।
माहाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवाले आफूलाई सभापति बनाउन लविङगरेको भोलीपल्ट नै नेपाली काँग्रेसका माहामन्त्री प्रकाशमान सिंह, उपसभापति बिमलेन्द्र निधि, पुर्व माहामन्त्री प्रकाशमान सिंहले भेटघाट गरेका छन् ।
१४ औं माहाधिवेशन हुने निश्चित भएपछि नेताहरुमा आफू सभापति हुने, केन्द्रीय सदस्य हुने, माहाधिवेशन प्रतिनिधि हुने बिषयमा एकआपसमा छलफल भेटघाटका कार्यहरु तिब्रता दिएका छन् ।
काँग्रेसका सबैभन्दा सभापतिका बलिया मानिएका शेरबहादुर देउवाको समूहबाट बिमलेन्द्र निधिले आफू सभापतिमा निर्बाचन लड्ने घोषणा गरेपछि समूह बनाउन देउवालाई पनि धौ धौ परेको देखिन्छ भने अन्य सभापतिका आकाँक्षीहरु पनि आफूलाई बलियो बनाउन नेताहरुसँग आन्तरीक छलफल गर्न ब्यस्त देखिन्छन् ।
काँग्रेसमा सभापतिका आकाँक्षी यसपटक आधादर्जनभन्दा बढी पुगीसकेका छन् । आजको काँग्रेसका तीन नेताको भेटले काँग्रेस माहाधिवेशनमा तरङ्ग ल्याएको राजनीतक बिश्लेषकको दाबी छ ।





