राजनीति

नेबिसंघसहित पाँच बिद्यार्थी संगठनले ओली सरकार बिरुद्ध बिहीबार बिशाल प्रदर्शन गर्ने गरे निर्णय

९ असार, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघले सरकारबिरुद्ध आक्रमक प्रदर्शन गर्ने बताएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले बिज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका छन् । उनले भोली १० गते, दिनको ३ वजे प्रदर्शनीमार्गमा भेला हौं भनेर आह्वान गरेका छन् ।
अध्यक्ष ढुंगानाले ओली नेतृत्वको असंवैधानिक, अलोकतान्त्रिक तथा जनविरोधी सरकार विरुद्ध विरोध प्रदर्शनमा सहभागी वनौं भनेका छन् । अध्यक्ष ढुंगानासहितका पाँच बिद्यार्थी संगठनको संयुक्त आयोजनामा बिरोध प्रदर्शन हुने बिज्ञप्तीमा जनाईएको छ ।