११ असार, काठमाडौं । नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले ढोङ , द्वेध चरीत्र र ब्यक्तिवाद त्याग्दै पत्रकार मित्रहरुको आलोचना र ध्यानाकर्षणलाई आत्मसात गरेर पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य भएको बताएका छन् ।
उनले प्रतिगमन बिरुध्द सँविधान र लोकतन्त्रको पक्षमा सँघर्षरत ५ पार्टीहरुले बिहीबार काठमाडौंमा आयोजना भएको सम्पादक मित्रहरुसँगको अन्तर्क्रिया कार्यक्रम राजनीतिक नेतृत्वले गम्भीरता पुर्वक ध्यान दिनैपर्ने खालको रहेको बताउँदै संघर्षरत राजनीतिक पार्टीहरु र नेताहरुले गम्भीर आत्मसमीक्षाकासाथ आफुलाई पनि सच्च्याउनु पर्ने कुरामा दिएको जोडको स्मरण गरेका थिए ।
उनको प्रतिकृयाः प्रतिगमन बिरुध्द सँविधान र लोकतन्त्रको पक्षमा सँघर्षरत ५ पार्टीहरुले हिजो काठमाडौंमा आयोजना गरिएको सम्पादक मित्रहरुसँगको अन्तर्क्रिया कार्यक्रम राजनीतिक नेतृत्वले गम्भीरता पुर्वक ध्यान दिनैपर्ने खालको रह्यो।
पत्रकार मित्रहरुले निरङ्कुश केपीतन्न्त्रको बिरुध्द संविधान र लोकतन्त्रको रक्षाको संघर्षमा ५ दल र सञ्चारजगत एकै ठाँउमा रहेको र यो संघर्षलाई सफल पार्नै पर्नेमा जोड दिनुभएको थियो । त्यसकासाथै संघर्षरत राजनीतिक पार्टीहरु र नेताहरुले गम्भीर आत्मसमीक्षाकासाथ आफुलाई पनि सच्च्याउनु पर्ने कुरामा उहाँहरुको जोड थियो।उहाँहरुले बिपक्षमा हुँदा मात्र होइन, सरकारमा जाँदा पनि यस्ता कार्यक्रम होस् र आज बोल्नुभएका कुराहरु त्यसबेला ब्यबहारमा लागु गरेको हेर्न पाइयोस भनेर सचेत गराउनुभएको थियो ढोङ, द्वेध चरीत्र र ब्यक्तिवाद त्याग्दै पत्रकार मित्रहरुको आलोचना र ध्यानाकर्षणलाई आत्मसात गरेर पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य छ ।





