राजनीति

डा संग्रौलाको आक्रोशित हुँदै प्रश्नः प्रधानमन्त्री ज्यू, जनतामा मुख देखाउनु पर्छ कि पर्दैन ?

११ असार, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले संबैधानिक निकायमा पदाधिकारीहरुको नियुक्तिको बिषयमा बोलेकी छन् । उनले कार्यकारीको रुपमा रहेका प्रधानमन्त्री केपि ओलिको मनोमानी एबम स्वच्छचारिताले राज्यका अंगहरु बिचको शक्ति सन्तुलनलाई क्षतबिक्षेत पार्दै अद्यादेश मार्फत संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी अदालतमा मुद्दा चलिरहेको अबस्थामा संबैधानिक निकायको नियुक्ति गरिनु संविधानको मर्म र भावना बिपरितको कार्य भएको बताएकी छन् ।
निबर्तमान साँसद डा संग्रौलाले कतिसम्म संसदीय ब्यबस्थाको हुर्मत काढ्ने हो प्रधानमन्त्री ज्यु ? भन्ने प्रश्न गर्दै अब त अति भयो भनेकी छन् । उनले भनेकी छन्, ‘जनतामा मुख देखाउनु पर्छ कि पर्दैन ? थोरै भए पनि सोच बिचार गरौं । आम नेपाली जनताले प्रधानमन्त्री ओलिलाई सद् बुद्धि दिउन।’बिहीबारमात्र राष्ट्रपति बिद्यादेवी भण्डारीबाट २० वटा संबैधानिक पदमा नियुक्ती गरेपछि डा संग्रौलाको प्रतिकृया आएको छ ।
उनले भनिन्ः कार्यकारीको रुपमा रहेका प्रधानमन्त्री केपि ओलिको मनोमानी एबम स्वच्छचारिताले राज्यका अंगहरु बिचको शक्ति सन्तुलनलाई क्षतबिक्षेत पार्दै अद्यादेश मार्फत संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी अदालतमा मुद्दा चलिरहेको अबस्थामा संबैधानिक निकायको नियुक्ति गरिनु संविधानको मर्म र भावना बिपरितको कार्य हो।
कतिसम्म संसदीय ब्यबस्थाको हुर्मत काढ्ने हो प्रधानमन्त्री ज्यु ? अब त अति भयो। जनतामा मुख देखाउनु पर्छ कि पर्दैन ? थोरै भए पनि सोच बिचार गरौं ।आम नेपाली जनताले प्रधानमन्त्री ओलिलाई सद् बुद्धि दिउन।