११ असार, काठमाडौं । नेपाली काँग्रेसको माहाधिवेशन नजिकिँदैगर्दा उपसभापति बिमलेन्द्र निधि, माहामन्त्री प्रकाशमान सिंह र पुर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएकाे छ । आज बानेश्वरस्थीत निधि निवासमा भएको तीन नेताको भेटमा काँग्रेसको १४ औं महाधिवेशनमा मिलेर जाने सहमती भएको छ ।
केहीदिन अगाडी महामन्त्री डा शसाँक कोईराला निवासमा भेटभएका नेपाली काँग्रेसका महत्वपूर्ण र आगामी १४ औ महाधिवेशनमा सभापतिको दाबेदार नेताको आजको भेट भने निधि निवास बानेश्वर भएको हो । नेपाली काँग्रेसका संस्थापक नेता पिपी कोईरालाका पुत्र डा शसाँक कोईराला, गणशमकान सिंह पुत्र प्रकाशमान सिंह र महेन्द्र नारायण निधिका पुत्र बिमलेन्द्र निधिलाई काँग्रेसभित्र राजकुमारको रुपमा राजनतिक बृतमा चर्चा हुन्छ । आफ्ना बाबु नेता भएकाले नेता भएका भनिए पनि नेतात्रयसँग काँग्रेसहाँक्न सक्ने क्षमता रहेको कार्यकर्ताहरुको दाबी छ ।
नेतात्रयले आजको भेटमा आफूहरु माहाधिवेशनसम्म संगै मिलेर जथाने बताउनुले शेरबहादुर देउवा पक्षबाट सभापतिको उम्मेद्वार दिने घोषणा गरेका निधि, पौडेल समूहबाट उमेद्वार दिने घोषणा गरिसकेका डा कोइराला र सिंहबाट आफ्नो समूहका नेतृत्वकर्ता भने शसंकीत भएका छन् । काँग्रेस महाधिवेशनमा नेतृत्व लिनका लागि नेताहरु लागिरहेका बेला नेतात्रयको भेटघाट पनि बाक्लिन थालेको देखिन्छ ।





