१२ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता भएकोमा आफुलाई दुःख लागेको बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै १४९ जनाको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउँदा पनि आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेकोमा आफूलाई प्रधानमन्त्री केपी ओलीसँग भन्दा राष्ट्रपतिसंग दुःख लागेको बताए ।
राष्ट्रपति कार्यालयमा १४९ साँसदसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई प्रधानमन्त्रीमा नियुक्ती नगरी राष्ट्रपतिले राती २ बजे संसद भङ्ग गरेपछि उक्त कुरालाई जोड्दै आफूलाई दुःख लागेको बताए । उनले भने ‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ’





