२८ असार, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश र्माले रास्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला भएको बताएका छन् ।
उनले ट्वीट गर्दै आज सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणाको संयोजकत्वमा गठीत संसदीय समितिको लामो छलफलपछि संसद पुनmस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको आदेशको निर्णयको स्वागत गर्दै लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम भन्ने प्रतिकृया दिएका छन् ।
उनले
केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा आएको टिप्पणी गरेका छन् ।
नेता शर्माको ट्वीटः रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला १ लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम
! केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा !





