राजनीति

सर्बोच्चको फैसलाको स्वागत गर्दै नेता पौडेल भन्छन्, ‘मेरा मित्र देउवालाई हार्दिक बधाई !’

२८ असार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबार्नेच्च अदालतले संसद पुनःस्थापना गर्दैै सभापति शेरबहादुर देृवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न दिएको फैसलाको स्वागत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै ‘संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ । ’ भनेका छन् ।
बारम्बार संसद पुनःस्थापनाको माग गर्दै आएका नेता पौडेलले यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई ! भनेका छन् ।
सर्बोच्च अदालतले आज फौसला गर्दै संसद बिघटन असंबैधानिक भन्दै पुनःस्थापना गरेको छ भने सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्ती नियुक्र गर्न आदेश दिएको छ ।

बरिष्ठ नेता पौडेलको भनाईः संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ ।
यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !