राजनीति

उत्तेजना/दम्भ/अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस्ः गगन

२८ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको प्रतिकृया दिएका छन् ।
उनले सामाजिक सञ्जालमा अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन भनेका छन् ।
नेता थापाले उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं भन्दै नत्र भिरबाट खस्नेलाई रामराम ! भनेका छन् ।
उनको प्रतिकृयाः प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।
उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।