राजनीति

न्यायालयको विवाद अन्त्यका लागि प्रधानन्यायाधीशले राजीनामा दिनु उपर्युक्तः वरिष्ठ नेता पौडेल

१६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको विवाद अन्त्यका लागि प्रधानन्यायाधीशले राजीनामा दिनु उपर्युक्त हुने बताएका छन् ।

हेटौडामा आज बिहान कार्यकर्तालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चलिसक्दो चाँडो राजीनामा दिएर न्यायालयलाई बिवादबाट टाढा राख्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको पनि चर्काे आलोचना गरेका छन् । देउवा देशकै असक्षम नेता रहेको नेता पौडेको टिप्पणी छ ।

नेता पौडेलले देउवाको नेतृत्व अधिनायकवाद, तानाशाही शैली भएको आरोप समेत लगाएका छन् । साथै आगामि अधिवेषनबाट त्यस्ता तानाशाही र अधिनायकवादका अवसेशहरु समाप्त भएर जाने वरिष्ठ नेता पौडेलको भनाई छ ।