राजनीति

प्रचण्डको स्पष्टिकरणः एमसीसीबारे कुनै पत्र पठाईएको छैन र संशोधन नभई पास हुँदैन

१९ कार्तिक, काठमाडौं । एमसीसीलाई पत्र पठएको र त्यसमा माओवादीका अध्यक्ष पुस्पकम दालहाल प्रचण्डले पनि हस्ताक्षर गरेको भनि प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिमा अध्यक्ष प्रचण्डले स्पष्टिकरण दिएका छन् ।

संशोधन नगरि एमसिसी पारित नहुने दोहर्याउँदै प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई कुनै पत्र नलेखेको बताएका छन् ।

खुमलटारस्थित उनको निवासमा देउसी खेल्न गएका कृष्ण कँडेल नेतृत्वको ईन्द्रेणी परिवारसंगको कुराकानीमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाले बोलेको विषयले देशभरी तरंग पैदा गरेको समेत बताएका छन् ।

प्रधानमन्त्री देउवाले प्रचण्डले र मैले चिठी पठाइसकेका छौं भन्ने कुराले देशभर तरंग पैदा भएपनि प्रधानमन्त्रीले त्यस्तो नभनेको भन्दै प्रचण्डले देउवा आफैंले त्यो भनाई सच्याईसकेको समेत बताएका छन् ।

एमसीसी सम्झौतामा पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको भन्दै प्रचण्डले संशोधन नभई कुनैपनि हालतमा पास नहुने बताएका छन् ।