राजनीति

१४ औं महाधिवेशन लगाएतको विषयमा छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२१ कार्तिक, काठमाडौं । १४ औं महाधिवेश लगाएतको विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको  बैठक डाकेको छ । कार्तिक २८ गते बस्ने बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रीत सदस्यलाई समेत बोलाईएको छ ।

वैठकमा प्रस्तुत हुने विषयवस्तु सार्वजनिक नगरिएपनि १४ औं महाधिवेश समसामयीक राजनीतिक विषयमा उक्त बैठक केन्द्रीत हुने बताईएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सुचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् ।