राजनीति

पाँच दलीय गठबन्धनलाई एमाले अध्यक्ष ओलीले दिए लोकतन्त्रको भक्षकको संज्ञा

२१ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको भक्षकको संज्ञा दिएका छन् । एमाले कर्णाली-काठमाडौं सम्पर्क समितिले तिहारको अबसरमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

अहिलेको गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको अध्यक्ष  ओलीको आरोप थियो । साथै ओलीले एमाले देश बनाउने पार्टी भएको भन्दै अन्य दलजस्तो मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी नभएको समेत बताएका छन् ।  ओलीले गठबन्धनलाई देश र संविधान नचाहिएको समेत बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेको ओलीले अदालतका कारण आफ्नो सत्ताच्युत भएको भन्दै दुःखेसो समेत व्यक्त गरेका छन् ।