२२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले पार्टीभित्र गुटबन्दी नभई निर्बाचन लडे कांग्रेसले बहुमत ल्याउने ठोकुवा गरेका छन् ।
सिन्धुलीमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले एकताबद्ध भएर चुनाव लडेमा आफ्नो पार्टीलाई कसैले हराउन नसक्ने बताएका हुन् ।
महाधिबेशन सकिएलगत्तै चुनावमा जुट्नुपर्नेमा जोड दिँदै उनले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने पनि दाबी गरेका छन् ।
संसदको सबैभन्दा ठुलो र शक्तिसाली दल बन्न कांग्रेसले कसैसंग गठबन्धन नभई एक्लै चुनाव लड्नुपर्ने नेता थापाले बताएका छन् । बिगतमा कांग्रेसले चुनावी गठबन्धन गरेको र त्यो असफल भएको भन्दै आगामी चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।





