२४ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अधयक्ष कमल थापाले प्रधानमन्त्री शेर शहादुर देउवाको अभिव्यक्ति प्रति कटाक्ष गरेका छन् । आज एक कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकमा शासन गर्ने भए चुनाब लडेर आउन पुर्व राजा ज्ञानेन्द्र शाहलाई दिएको चुनौतिलाई लिएर अध्यक्ष थापाले एक ट्वीट गरेका छन् ।
अध्यक्ष थापाले राजा विरुद्ध आक्रोश भन्दापनि मुलुकमा सुशासन दिन आग्रह गरेका छन् । न्यायालय हडतालमा, संसद अवरुद्ध , सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त रहेको उनको भनाई थियो ।
साथै धर्मपरिवर्तन व्यापक भएको र रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएको भन्दै अध्यक्ष थापाले संघीय गणतन्त्र असफल भैसकेको जिकिर समेत गरेका छन् । साथै अध्यक्ष थापाले राजालाई गाली गरेर राज गर्ने जमाना अब नरहेको समेत बताएका छन् ।






