२९ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने बताएका छन् । नेता सिंहले नेपाली जनतालाई राजनीतिक अधिकार दिलाउनका लागि, प्रजातन्त्र जोगाउनका लागि पनि १४ औं महाधिवेशनमा आफूले उम्मेद्वारी दिनु बाध्यता भएको बताए का छन् ।
उनले १३ औं महाधिवेशनमा भएका गल्तीहरु सच्याउँदै १४ औं महाधिवेशन भएको ६ महिनाभित्र बिभागहरु गठन गरिसक्ने भन्दै ६ हजार ७४३ वडा समितिका बुद्धिजीवी, ब्यापारी, उद्योगपति, नेताहरु, शिक्षक, स्वास्थ्यकर्मीलगायतसँग सल्लाह गरेर काँग्रेस अगाडी बढ्ने बताए ।
उनले काठमाडौं महानगरपालीका सहित ७५३ वटा स्थानीय तहमा नै सबैलाई बोलाएर छलफल गरेर आफू अगाडी बढ्ने भन्दै शिक्षालाई निःशुल्क र गुणस्तरी गर्न आफूले पहल गर्ने बताए ।
नेपाली काँग्रेसका पुर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले हरेक नेपाली जनताको चाहनाअनुसार सबैंको जिविकोपार्जनका लागि आफूहरुले योजना दिने दाबी गरेका छन् । नेपाली काँग्रेसका काठमाडौंमा निर्बाचित क्षेत्रीयप्रतिनिधिहरुको पदस्थतापना कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै गणेशमान सिंहको योगदानको बिषयमासमेत चर्चा गरेका छन् ।
नेता सिंहले आउँदा निर्बाचनमा काँग्रेसलाई बिश्वास गर्न जनतालाई आग्रह गर्दै काँग्रेसले जनताका लागि शिक्षा, स्वास्थ्य, कृषक आदिका लागि काम गरेर देखाउने दाबी गरे । उनले नेपाल प्राकृतिक रुपमा सौन्दर्य भएको मुलुक भएको भन्दै बाग्मती बिष्णुमतीहरुको दुर्दसा हटाउने योजना नल्याई नहुने अवस्था भएको बताए ।
नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले काठमाडौं महानगरपालीकाले ध्यान दिन नसकेको भन्दै महानगरकै कारण नेपाली जनताले प्रदुशणको चपेटामा पर्नुपरेको बताए ।
उनले नेपाली काँग्रेस काठमाडौं महानगर समितिले महानगरपालीकालाई दबाब दिनुपर्ने भन्दै नेता त्यतिकै नहुँने बताए । देश र जनताका लागि नेताले काम गर्न नजाने सिक्नुपर्ने बताउँदै आफु गिरिजा प्रसाद कोईराला नेपाली काँग्रेसको शक्तीसाली सभापति हुँदाको उपसभापति भएको हुँदा पार्टी हाँक्ने राम्रो क्षमता भएको बताए । उनले आफू काठमाडौंको जिल्ला सभापति बन्नमात्र नलागेको भन्दै उपत्यकाका मित्रहरुले ७७ जिल्लाको केन्द्रीय सभापति बन्न लागेको बुझ्नुपर्ने बताए । आफू काठमाडौंमा हरेकको घरमा हरेक कार्यक्रममा गएको स्मरण गर्दै अब देशभर आफू घुम्नुपर्ने हुँदा काठमाडौंका कार्यक्रमसँगै बाहिरपनि जानुपर्ने हुँदा कार्यक्रममा उपस्थिति हुन नभ्याएमा नरिसाउन आग्रहसमेत गरे ।
अलि दिमाग नलगाएको भए आफू अहिलेसम्मा जिल्ला सभापतिमा नै रहिरहने थिएँ भन्दै अहिले भने गिरिजा प्रसाद कोईरालाले भनेको अनुसार नियम, बिधि, बिधानअनुसार केन्द्रीय सभापतिको दाबेदार हुन लागि परेको बताए । आफूले ०१७ सालको महाधिवेशन आफूले नदेखेको स्मरण गर्दै ०४६ सालपछि आठौं पछिका महाधिवेशनमा आफू सधैं सकृय रुपमा रहेको बताए ।
नेता सिंहले सभापति शेरबहादुर देउवाको गृहजिल्लामा नै निर्बाचन गर्दा प्रहरीको घेरामा राखेर अपारदर्शी ढंगले महाधिवेशन गरिएको स्मरण गर्दै बारालगायतका जिल्लामा बिनाबित्थाको बिबाद श्रृजना गरेर समायोजनका नाममा कृयाशील सदस्यतालगायतमा बिबाद गरिएको बताए ।





