राजनीति

किस्नुजी, गणेशमान र विपीले देखेको सपना म पुरा गर्छुः नेता सिंह

४ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफुले पुरा गर्न सक्ने बताएका छन् । आज काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पुरा गर्न आफु सक्षम भएको बताएका हुन् ।

‘किस्नुजी, गणेशमान, विपी को जनताको जिवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो त्यो सपना तपाईहरुको सहयोगबाट पुरा गर्न सक्छु भन्ने विश्वास छ । ’उनले भने । जनताका प्रतिनिधी भए पछि जस्तोजुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उनको भनाई थियो ।

साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफोरो पुस्तक’ पुस्तक पढ्नु पर्ने बताएका छन् । बानेश्वर नेपालाको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको बताएका थिए ।