राजनीति

ओलीले मलाई सिध्याउनै चितवनमा महाधिवेशन राखेः अध्यक्ष दहाल

४ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेले चितवनमा गर्न लागेको महाधिवेशनलाई लिएर कटाक्ष गरेका छन् । एमालेले आफूलाई सिध्याउन पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्न लागेको प्रचण्डले आरोप लगाएका छन् ।

आज रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरे पनि जनताको अगाडि त्यसले कुनै असर नपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले एमाले महाधिवेशन अहंकारले गर्न लागिएको पनि आरोप लगाएका छन् । आगामी चुनावमा माओवादी केन्द्र मधेशमा पहिलो पार्टी भएर उदाउने पनि दाबी गरेका छन् ।

यस्तै अध्यक्ष प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरेका छन् ।