राजनीति

सभापति देउवा र महामन्त्री कोईरालाबिच भेटवार्ताः विवादीत जिल्ला अधिवेशनबारे छलफल

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोईरालाबिच भेटवार्ता भएको छ । उक्त भेटमा विवादीत जिल्ला अधिवेशनबारे छलफल भएको बताईएको छ ।

देउवा र कोईरालाबिचको भेटवार्तामा १४ औं महाधिवेशन अन्तर्गत विवादित बनेका रसुवा, सर्लाहीलगायत जिल्लाको अधिवेशनका विषयमा छलफल भएको हो ।

रक्षामन्त्री मिनेन्द्र रिजाल सहित बालुवाटार गएका कोईरालाले महाधिवेशनको प्रकृया र तयारीको विषयमा सभापति देउवासंग छलफल गरेका छन् । भेटमा जनसम्पर्क समितिका विषयमा समेत छलफल भएको छ ।

साथै कांग्रेसको अधिवेशन प्रक्रिया सुरू भए पनि विवाद भएका रसुवा र सर्लाहीलगायत जिल्लाको अधिवेशन कसरी गराउने ? भन्नेबारे पनि छलफल भएको बताईएको छ ।