७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एक चुनौती दिएका छन् ।
आज पत्रकार सम्मेलनमा ओलीले दाहाललाई झापा मै आएर महाधिवेशन गरेर देखाउन चुनौती दिएका हुन् । एमालेले चितवनामा महाधिवेशन गर्न लागेको विषयमा अध्यक्ष दाहलले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले यस्तो चुनौती दिएका हुन् ।
केहिदिन पहिले माओवादीका अध्यक्ष दाहालले आफु र माओवादीलाई सिध्याउन ओलीले चितवनमा महाधिवेशन गर्न लागेको प्रतिक्रिया दिएका थिए । साथै ओलीले अध्यक्ष दाहालले दिएको अभिव्यक्ति आफुहरुलाई नभई सिपी मैनालीलाई भएको समेत बताएका छन् ।





