राजनीति

एमालेलाई सिध्यायौं भन्दै खुशीले फुरुंङ्ग भएकालाई असफल पार्यौंः अध्यक्ष ओली

११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याइयो भनेर खुशी हुनेहरूलाई असफल पारेको बताएका छन् । १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

एमाले सत्ताबाट बाहिर हुँदा र पार्टी विभाजित हुँदा एमालेलाई सिध्याइयो भनेर खुशी हुनेहरूलाई २ वटा महाधिवेशनको जनसहभागिता र उत्साहबाट असफल बनाइएको ओलीले बताएका छन् । अध्यक्ष ओलीले एमालेले केही महिनामै विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन उत्साहपूर्वक र व्यापक जन सहभागितामा सम्पन्न गरिरहेको बताए ।

साथै अध्यक्ष ओलीले पछिल्लो समय पार्टीका अगाडि नयाँ चुनौतिहरु रहेको समेत बताएका छन् । विरोधिहरुको जालझेल र षडयन्त्रका कारण पार्टी सत्तापक्षबाट प्रतिपक्षमा आएको उनको भनाइ छ ।