राजनीति

एमाले अध्यक्षमा केपी ओलिले पनि गराए उम्मेदवारी दर्ता

१३ मंसिर, काठमाडौं । नेकपा एमालेको अध्यक्षका लागी केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन् । ओलीको प्रस्तावकमा बिष्णु पौडेल र सर्मथकमा शंकर पोखरेल रहेका छन् । ओलीले आज बिहान दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि ओलीले आईतबार राती बन्दसत्रमा ३ सय १ केन्द्रीय सदस्य र पदाधीकारीको सुची पेस गरेका थिए । एमाले अध्यक्ष ओलीको भिम रावलसंग अध्यक्षका लागि प्रतिस्पर्धा हुने छ । रावलले यसअघि बिहानै अध्यक्षका लागि उममेदवारी दर्ता गराएका थिए ।