१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफुले निर्वाचनमा जिते कांग्रेस बलियो हुने बताएका छन् । कांग्रेसको आउदो महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले यस्तो बताएका हुन् ।
निधिले आफुले निर्वाचनमा जितेमा कांग्रेसलाई बलियो र एक ढिक्का बनाएर अघि बढ्ने भन्दै वडादेखी केन्द्रसम्म सबैले सर्मथन गर्छन भन्ने विश्वास व्यक्त गरेका छन् ।
नेता निधिले संघिय लोकतान्त्रीक गणतन्त्रलाई बचाई राख्न कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिँदै यसका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्ने बताएका छन् ।
निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता अनि शान्ति र अहिंशाको बाटो फराकिलो बनाउन कांग्रेसकै नेतृत्व आवश्यक भएको भन्दै आगामी निर्वाचनमा एक भएर लडे कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी समेत गरेका छन् ।





