राजनीति

सीपीमाथी दाहालको व्यंग्यः राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ ? शुभकामना

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले नेकपा मालेका महासचिव सीपी मैनालीप्रति कटाक्ष गरेका छन् । राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा दाहालभन्दा अगाडी मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेर भनेपछि दाहालले उनीमाथि व्यंग्य समेत गरेका छन् ।

मैनाली राप्रपाको (राजावदी) लाईनमा आएको भन्दै सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गर्नुभएको हो ? शुभकामना भन्दै ब्यंग्य गरेका छन् । आफू गणतन्त्रवादी र धर्मनिरपेक्षवादी भएको भन्दै दाहालले राप्रपासँग वैचारिक मतभेद रहेपनि राष्ट्रवादको सवालमा भने सबैजना एकै कित्तामा उभिएको बताएका थिए । तर, मैनालीले जस्तै भाषा आफुले बोल्न नसक्ने उनले बताएका छन् । 

आफैंले सुरुमा गणतन्त्रका लागि मान्छेको टाउको काट्न सुरु गरेको स्मरण गराउँदै सीपलाई दाहालले भने, ’राजतन्त्र फाल्न सुरुमा मान्छेका टाउको काट्ने सीपीजीले महान राजा भनेर बोल्नुभयो, उहाँ राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ क्यारे! शुभकामना । त्यस्तै हो भने बधाई छ सीपीजी सजिलै बोल्नुभयो ।’