राजनीति

पौडेल पक्षको बैठक बत्तिसपुतलिमाः सर्बसम्मत नेतृत्वका लागि प्रयास जारी

२२ मंसिर, काठमाडौं । सर्वसम्मत नेतृत्व चयनका लागि कांग्रेसको संस्थापन ईतर पक्षको प्रयास आजपनि जारी नै छ । सर्वसम्मत नेतृत्व चयनमा सहमती जुटाउन उक्त पक्षको बैठक अहिले बत्तिसपुतलिमा बसिरहेको छ । बैठकमा रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति, निर्वतमान जिल्ला सभापति, प्रदेशमा विजय सभापति, प्रदेशमा पराजित सभापति लगाएतका उपस्थित भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन आउन दुईदिन मात्रै बाँकी छँदा रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारकै टुंगो अँझै लाग्न सकेको छैन । यसअघि सोमबार साँझ र मंगलबार भएको छलफल निस्कर्शमा नपुगेपछि पौडेल पक्ष आज पुनः छलफल जुटेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् । यस्तै कांग्रेसका वरिष्ठ नेता पौडेल आफ्नो समूहको बैठक छाडेर चण्डोलस्थित कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन् ।