समाचार

राष्ट्रिय व्यवस्थापन अवार्ड कार्यक्रम २०२२ हुदैँ


२० चैत, काठमाडौँ । नेपाल व्यवस्थापन संघ चार दशक भन्दा बढि गौरवमय इतिहास वोकेको नाफारहित गैह्रराजनीतिक, सामाजिक एवं व्यवस्थापकहरूको छाता संगठन हो । संघले विभिन्न रचनात्मक गतिविधिका माध्यमबाट राष्ट्रिय विकासमा टेवा पु¥याउँदै आएको छ ।
यस बर्ष संघले सात वटा बिभिन्न आयामहरुमा: बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाइ समेटर “reengineering management : survival- revival and growth” बिषयमा नेपालमै पहिलोपटक CEO Conference 2022 आगामी चैत्र २५ गते काठमाण्डौंमा आयोजना गर्न गइरहेको छ । यसका साथै संघले चैत्र २६ गते विगत ४१ बर्षदेखी सम्पन्न गर्दे आएको National Management Convention  / National Management Award Ceremony सम्पन्न गर्दैछ ।
संघले २०७८ चैत्र २६ गते आयोजना गर्न लागेको कार्यक्रम National Management Convention विहान ९ बजे देखी शुरु हुने छ । यो कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्रीज्यूले प्रमुख आतिथ्यता ग्रहण गर्नेछ भने विज्ञबाट दुइवटा मुख्य कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यपत्र प्रस्तोताहरुमा अर्थविद डा. विश्वाश गौचन र प्रा. डा. महानन्द चालिसे रहेका छन् ।
यसैगरी चैत्र २६ गते वेलुका ३ बजेबाट National Management Award Ceremony 2022 आयोजना हुनेछ भने उक्त दिनको प्रमुख अतिथिमा सम्माननीय प्रधानमन्त्री शेरवहादुर देउवा रहेका छन् ।
यस वर्ष तिनवटा विधामा अवार्ड प्रदान गरिदैछ ।Manager of the Year Award (MYA), Woman Manager Recognition Award (WMRA) and Outstanding Management Award (OMA)
संघको यस बर्ष २० औं प्रबन्ध समितिको निर्वाचन पनि चैत्र २६ गते सम्पन्न हुन गइरहेको सम्पूर्ण पत्रकार साथिहरुलाई जानकारी गराउँदछौं । संघको निर्वाचनमा मतदान प्रक्रिया चैत्र २६ गते ४ बजेबाट प्रारम्भ हुने छ ।
नेपाल व्यवस्थापन संघले CEO Conference 2022  पहिलोपटक आयोजना गर्दैछ । यस बर्षको सिइओ सम्मेलनमा मुलुकको विभिन्न क्षेत्रमा कार्यरत करिव ३०० सिइओको सहभागिता यस सम्मेलनमा रहने छ । सात वटा फरक फरक क्षेत्रमा सञ्चालन हुने सम्मेलनमा हरेक सेसनमा ४ जना वक्ता र १ जना सहजकर्ता सहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ ।
यस सम्मेलनको मुख्य प्रायोजकमा World Link Communications Pvt. Ltd रहेको छ भने Strength partner को रुपमा Shivam Cements  रहेको छ । त्यस्तै,Nepal Bank Ltd / Rastriya Banijya Bank Ltd contributor पार्टनरको रुपमा रहेका छन् । यस्तै यो सम्मेलनको मिडिया पार्टनरको रुपमा Fiscal Nepal (www.fiscalnepal.com) रहेको छ ।