समाचार

सरकारले रेल-वे सस्तो ब्याजदरमा ऋण लिएर बनाउन सक्ने : प्रधानमन्त्री देउवा


२२ चैत, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व बैंकको सहयोगमा निर्माण चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै नेपाल सरकार आफैँले अहिले रेल-वे निर्माण गर्न र रेल सेवा संचालन गर्न नसक्ने बताएका छन् ।
‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । फेरि त्यो एकदमै महँगो हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले यसमा ध्यान पुर्‍याउनुपर्ने अवस्था छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैँले रेल-वे निर्माण गर्न सक्ने अवस्था छैन । कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल-वेमा लगानी गर्न सक्ने बताए ।
प्रधानमन्त्री देउवाले बढ्ढो व्यापार घाटालाई कम गर्न स्वादेशी कच्चा पदार्थ र विदेशी सीपको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । उनले उनले चोभार सुख्खा बन्दरगाह निर्माणले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा गर्दै अन्य ठाउँहरुमा समेत सुख्खा बन्दरगाह निर्माण गर्नमा जोड दिने बताए ।