९ वैशाख, काठमाडौँ । ६ ग्राम लागु औषध ब्राउन सुगर सहीत १ जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नं. ५ घर हुने बर्ष ३० को राम कृष्ण भण्डारी रहेको छ । आज ९:४५ बजेको समयमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाईन्टमा काकडभिट्टा देखी काठमाण्डौ तर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९५२६ नम्बरको यात्रु बाहक बस लाई चेक जाँच गर्ने क्रममा उक्त बसमा यात्रा गरी आएका भण्डारीले लगाएको पाईन्टको गोजिमा निम्न परीमाणको लागुऔषध सहीतका दशि प्रमाण फेला पारी भण्डारीलाई नियन्त्रणमा लिईएको हो ।
भण्डारी उपर सम्मानित काठमाण्डौ अदालत काठमाण्डौबाट दिन ५ को म्याद थप अनुमति लिई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम प्रहरी वृत्त थानकोट बाट थप अनुसन्धान भईरहेको ।





