२७ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनप्रतिनिधि बनेर काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षसम्म जनप्रतिनिधि बनेर विकास र जनताको काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बेला आएको बताएक हुन् ।
“झन्डै दुई तिहाइ मत पाएको नेकपा सरकारले विकास निर्माणका काम गर्नुपर्नेमा दुईरदुईपटक संसद् विघटन ग¥यो, जनमत पाएर पनि काम गर्न नसक्नेलाई जनताले फेरि कसरी विश्वास गर्ने ? यसपटक अरूलाई मौका दिनुपर्छ”, उनले भने ।
कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रदेशसभा तथा प्रतिनिधिसभाको आगामी निर्वाचनमा समेत स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहने भएकाले स्थानीय निर्वाचनमा कांग्रेस र पाँच दलीय गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए ।
कांग्रेस तारकेश्वर नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णहरि महर्जनले समृद्ध तारकेश्वर निर्माणका लागि आफ्नो उम्मेदवारी भएको बताए । सुशासनयुक्त तारकेश्वर, भ्रष्टाचारमुक्त तारकेश्वर निर्माण आफ्नो मुख्य योजना भएको उनको भनाइ थियो ।





