२४ असोज, इनरुवा । नेपाली काँग्रेस सुनसरीको बैठक बस्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बैठक असोज २५ गते दिउँसो १२ः३० बजे बस्ने छ ।
नेपाली काँग्रेस सुनसरी जिल्ल कार्यसमिति सचिव बिरेन्द्र साह र माधव घिसिङले बैठक बस्ने जानसरी दिएका छन् ।
नेपाली काँग्रेसले सुनसरी जिल्लाबाट असोज २३ गते प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेद्वारी दिएपछि आगामी मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभामा काँग्रेस उम्मेद्वारलाई बिजय गराउन रणनीति तयार गर्ने गरी बैठक बस्न लागेको हो ।
बैठकले स्वतन्त्र तथा बागी उम्मेद्वारहरुलाई उम्मेद्वारी फिर्ता लिई आधिकारीक उम्मेद्वारलाई बिजय गराउनलगायतका महत्वपूर्ण निर्णय गर्ने संकेत छ । जिल्लाका पदाधिकारी तथा जिल्ला सदस्यहरुलाई उक्त जिल्ला कार्य समति बैठकमा बोलाईएको छ ।





