समाचार

कांग्रेसको मुख्य सचेतकमा लेखक

१९ पौस, काठमाडौं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उनीलाई सो पदमा मनोनित गरेका हुन् ।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।