९ माघ, काठमाडौं । नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बोलाएको छ ।
आईतबारमात्र बरिष्ठ नेता डा शेखर कोईराला पक्षको बैठकले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा बिशवासको मत दिएर गल्ती गरेको बताएको थियो ।
मंसिर ४ गतेको आम निर्बाचनमा नेपाली काँग्रेस ठूलो पार्टी भएपनि सत्ताबाहिर बस्नुपरेको अवस्था छ ।
आगामी माघ १५ गते बस्ने भनिएको काँग्रेस केन्द्रीय समिति बैठकलगायतका बिषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको बताईएको छ ।
काँग्रेस पदाधिकारी बैठक अहिले केहीबेरमा बस्ने बताईएको छ ।





