समाचार

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा गजुरेल नियुक्त

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको मुख्य सल्लाहकारमा हरिबोलप्रसाद गजुरेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को यही माघ ४ गतेको बैठकले मन्त्रिस्तरको मर्यादा र सुविधा पाउनेगरी गजुरेललाई मुख्य सल्लाहकार पदमा नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहनुभएका गजुरेल यसअघि प्रतिनिधिसभा सदस्य थिए । माओवादीभित्र पुराना र वैचारिक नेताको परिचय बनाएका नेता गजुरेलले यसअघि कृषिमन्त्रीको समेत भूमिका निर्वाह गरिसकेका छन् ।