प्रदेश 1

प्रदेश १ : राप्रपाले तत्काल सरकार नछाड्ने

१४ फागुन, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठकअनुसार संघ र बागमती प्रदेशबाट बाहिरिएको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए ।