३१ असार, काठमाडौं । ललिता निवास प्रकरणका पक्राउ परेका सचिव कृष्णबहादुर राउतसहित बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका आरोपितहरुलाई सोमबार इजलासमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासले आइतबार संक्षिप्त सुनुवाइपछि पक्राउ परेका र बन्दी प्रत्यक्षीकरणको रिट दिएकाहरुलाई इजलासमा पेश गर्ने आदेश दिएको स्रोतले बतायो ।
आइतबार समय अभावका कारण सुनुवाइ नसकिने अवस्था देखिएपछि इजलासले सोमबार प्राथमिकताका साथ पेशी व्यवस्थापन गर्न आदेश दिएको छ ।





