समाचार

रोल्पा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ जना घाइते

२३ साउन, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

दुर्घटनाबाट घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको छ । बसमा १९ जना यात्रू सवार रहेको प्रहरीको भनाइ छ ।