पर्यटन/संस्कृति

ल्हारक्याल लामालाई नियुक्त गर्ने पर्यटनमन्त्री किराँतीले माफी माग्नुपर्छ : मन्त्री गुप्ता

२७ साउन, बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले माफी माग्नुपर्ने बताएका छन् ।

शनिबार लुम्बिनीमा पत्रकारहरुसंग कुराकानी गर्दै जनमत पार्टीका नेता तथा मन्त्री गुप्ताले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको नियुक्त रद्द गर्दै मन्त्री किरातीले माफी माग्नुपर्ने बताए ।

लामा विवादित छविको भएकाले नियुक्ति रद्द हुनुपर्ने उनले बताए । मन्त्री गुप्ताले लुम्बिनी जस्तो पवित्र थलोमा विवादास्पद पृष्ठभूमि र विगतमा गैरकानुनी गतिविधिमा अनुसन्धानमा परेका व्यक्तिलाई नियुक्ति गरिने सरकारको गल्ती भएको बताए ।