समाचार

संखुवासभाका जेलर र प्रहरी सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जी जारी

२८ साउन, काठमाडौं । संखुवासभाको कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जेलभित्रै साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र आकाश बलामीको मृत्यु भएपछि मृतकका आफन्तले दिएको किटानी जाहेरीको आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।