२९ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन जाने भएका छन् । उनी सोमबार सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन जाने भएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह ४: २५ मा चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलाको उदघाटनमा उनले सम्बोधन गर्ने कार्यक्रम छ । उपराष्ट्रपति भदौ ४मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।





