२२ भदौ, काठमाडौं । साउन ३ गते ६१ किलो सुन प्रकरणमा पक्राउ परेका ब्यक्तीहरुको संख्या आज १ जना थपीएपछि २७ जना पुगेको छ ।
आज बाराका शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको छ । पुर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालगायत बिशिष्ट ब्यक्तीहरुमाथी अनुसंधान गरिरहेको सिआईबीले पछिल्लो समय सफरलाई पक्राउ गरेको हो ।
सुन तस्करी पछिल्लो समय ज्यादै जटिल बन्दै गएको भएपनि प्रहरीले गरेका अनुसंधानले केही आशा गर्ने स्थान भने देखिएको छ । राजश्व अनुसंधान बिभागको एक टोलीले चिनीयाँ ब्यापारीसहितलाई सुननसहित रंगेहात समातेको थियो । प्रकरण अनसंधानको चरणमा नै रहेको छ ।





