२३ भदौ, दाङ । बाँकेको राप्ती सोनारी गाउँपालिका ८ शमशेरगन्जमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। भने ३० जना घाइते भएका छन् ।
शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
उनका अनुसार दाङबाट बर्दिया छुटेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती ठोक्किएको थियो ।
घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





