आर्थिक

गलत समाचार छापेको भन्दै सानिमा बैंकको अनलाईन मिडियालाई कारबाही अगाडी बढाउने चेतावनी

१२ कात्तिक, काठमाडौं । विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा भन्दै सानिमा बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

बैंकले बिज्ञप्तीमार्फत भनेको छ, ‘उक्त समाचारमा सत्यता नभएको व्यहोरा बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन चाहन्छौं । यस बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको छ ।’

यस खालका तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्नु हुन सम्वद्ध पक्षलाई यसै विज्ञप्ती मार्फत सूचित गर्दछौं । यस्ता भ्रामक गतिविधिका विरुद्द कानूनी कारबाहीको प्रक्रिया समेत अघि बढाउन बैंक बाध्य हुने भन्दै चेतावनीपूर्ण रुपमा बैंकले बताएको छ ।