१७ कात्तिक, मोरङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीद्वय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जवेगुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम उनीहरूलाई प्रदेश प्रमुखले बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री उप्रेति नेकपा (माओवादी केन्द्र) र जवेगु नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य हुन् ।





