अन्तर्राष्ट्रिय

पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

२८ कात्तिक, पाकिस्तान । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ।

उद्धारका लागि घटनास्थमा खटिएका वजीर असद अलीले भने, “बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शवनिकालिएको छ भने १० जना अझै हराइरहेका छन् । ”गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।