अन्तर्राष्ट्रिय

मलावीमा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, ४५ हजार भन्दा बढी प्रभावित

३ पुस, लिलोङ्वे । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेका छन् । आइतबार र मङ्गलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजार भन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

विपद् व्यवस्थापन मामिला विभाग डिओडीएमएको आयुक्त चार्ल्स कालेम्बाले मङ्गलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।

कालेम्बाले कूल प्रभावित घरपरिवारको सङ्ख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताए । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।

डिओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ ।