समाचार

जसपा नेपालका अध्यक्षयादवद्वारा एनपिएल विजेतालाई बधाई

६ पुस, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको विजेता टिम जनकपुर बोल्ट्सलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत एनपिएलमा फाइनल खेलको उपाधि विजेता टिमलाई पार्टीको तर्फबाट बधाई दिएको हो । उनले उपविजेता सुदूरपश्चिम् रोयल्स र लिगमा सहभागी अन्य सम्पूर्ण टिमलाई पनि बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष यादवले आगामी दिनमा क्रिकेट लिगमार्फत् नेपालको पहिचान, सामाजिक सद्भाव र एकता, विविधतासँगै भाषा, भेष र संस्कृतिको सम्वर्द्धन एवं प्रवर्द्धन हुनेमा विश्वास व्यक्त गरे । उनले सम्पूर्ण देश र समुदायको खेल भावनालाई एकसुत्रमा बाँध्न एनपिएल लिग सफल भएको भन्दै सहभागी खेलाडी, समर्थक र शुभचिन्तकलाई पनि बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।