समाचार

पूर्वराष्ट्रपति भण्डारीद्वारा चिनियाँ जनतालाई समवेदना व्यक्त

२३ पुस, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनको तिब्बत केन्द्रविन्दु भएर आज गएको शक्तिशाली भूकम्पका कारण ठूलो सङ्ख्यामा चिनियाँ नागरिकको ज्यान जानुका साथै घाइते भएको र भौतिक पूर्वाधारको क्षति भएकामा दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराष्ट्रपति भण्डारीले दुःखको यस घडीमा चीनका राष्ट्रपति सी चिन फिङ, चीन सरकारमार्फत भूकम्पमा परि ज्यान गुमाएका शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । “दुःखको यस संवेदनशील घडीमा नेपाल र नेपाली जनता चिनियाँ जनताको साथमा छौँ । छोटो समयमै घाइतेहरूको उपचार र उद्दार कार्य पूरा भइ जनजीवनलाई सामान्य बनाउन चीन सरकारलाई सफलता मिल्नेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु”, पूर्वराष्ट्रपति भण्डारीले लेखेका छन् ।