२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा भएका छन् ।
आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उनी धरौटी बुझाएर रिहा भएका हुन् ।





