१० माघ, काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दामा थुनछेक बहस जारी छ।
बुधबार मुद्दामा लामिछानेको बयानपछि बिहीबार बिहान साढे १० बजे उपस्थित हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा छाडिएको थियो। सोहीअनुसार लामिछाने करिब साढे १० बजे अदालतमा हाजिर भएका थिए ।
लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।





