८ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकका लागि चार एजेन्डा तय भएको बताइएको छ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए अनुसार चार एजेन्डामा छलफल हुने छ।
छलफलका विषयमा समसामयिक र पार्टी गतिविधि, नियमावली/ कार्यविधिहरू, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध रहेको बताइएको छ।





